प्रधानन्यायाधीश शर्माद्वारा पुराना मुद्दा टुंग्याउन र बेथिति रोक्न निर्देशन

  • प्रकाशित मिति : २०८३ जेष्ठ १९, मंगलवार
  • नेपाल टेल संवाददाता

प्रधानन्यायाधीश मनोज शर्माले उच्च र जिल्ला अदालतका प्रमुख न्यायाधीशहरूलाई पुराना मुद्दा फर्छ्योटलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

लिखित परिपत्र मार्फत उनले चालु आर्थिक वर्षको अन्त्यसम्म दुई वर्षभन्दा पुराना मुद्दा शून्यमा झार्ने गरी काम गर्न आग्रह गरेका छन्।



उनले अदालतभित्रका बेथिति, अनियमितता र बिचौलियाजन्य गतिविधि रोक्न पनि निर्देशन दिएका छन्।

साथै, सेवाग्राहीका गुनासो सुनुवाइ गर्ने व्यवस्था मिलाउन, समयमा पेशी सूची प्रकाशन गर्न र न्यायिक सेवा प्रवाहलाई छिटो, सहज तथा प्रभावकारी बनाउन पनि निर्देशन दिएका छन्।