नेदरल्याण्ड्समा हुने आईसीसी लिग-२ का लागि रोहित पौडेलको कप्तानीमा नेपाली टोली घोषणा

  • प्रकाशित मिति : २०८३ असार १२, शुक्रबार
  • नेपाल टेल संवाददाता

नेदरल्याण्ड्समा आयोजना हुने आईसीसी विश्वकप लिग–२ शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो।

टोलीको उपकप्तानमा दीपेन्द्रसिंह ऐरी छन्।



घोषित टोलीमा सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, इशान पाण्डे, आरिफ शेख र गुल्सन झा समावेश छन्। त्यसैगरी करण केसी, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, भीम शार्की, अर्जुन कुमाल र विनोद भण्डारी पनि टोलीमा परेका छन्।

क्यानले सन्दीप जोरा, शाहब आलम, हेमन्त धामी, आकाश चन्द र युवराज खत्रीलाई रिजर्भ खेलाडीका रूपमा राखेको छ।