फिफा विश्वकप २०२६ अन्तिमतिर आइपुगेको छ । क्वाटरफाइनल अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेल सकिएसँगै सेमिफाइनल खेल्ने चारै टोलीको टुंगो लागेको हो ।
रोचक कुरा के रह्यो भने फिफा वरीयतामा माथि रहेका चार वटै टीम फ्रान्स, अर्जेन्टिना, स्पेन र इङ्ल्यान्डले सेमिफाइनलमा स्थान बनाएका छन् ।
वरीयतामा पहिलो स्थानमा रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । यस्तै, स्पेनले बेल्जियमलाई २–१ ले तथा इङ्ल्यान्डले नर्वेलाई २–१ गोलले नै पराजित गर्दै अन्तिम चारमा स्थान बनायो ।
केहीबेरअघि सम्पन्न खेलमा साविक विजेता अर्जेन्टिना स्विट्जरल्यान्डमाथि ३–१ को जितसहित सेमिफाइनल खेल्ने चौथो टोली बन्यो ।