नेपाल राष्ट्र बैंकले पूर्व राजाहरुको तस्विर अंकित नोटलाई बजारमा हटाउने निर्णय गरेकोे छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै पूर्वराजाको तस्बिर अंकित नोट भए चलन चलतीका लागि बजारमा नपठाउन निर्देशन दिएको हो।
नेपालमा राजतन्त्र अन्त्य हुने बेलासम्म छापिने नेटाहरुमा तत्कालीन राजाको फोटो छाप्ने चलन थियो।
बजारमा अझै पनि पूर्वराजा ज्ञानेन्द्र, वीरेन्द्र तथा महेन्द्रहका फोटो अंकित नोटहरु पर्याप्त मात्रमा चल्तीमा रहँदै आएको छ।
अब उक्त नोट चलनचल्तीमा नआउने भएको छ।