एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोना बिजयी भएको छ।
शनिबार राति भएको खेलमा रियल भालाडोलिडलाई १(० गोल अन्तरले पराजित गर्दै बार्सिलोना विजयी भएको हो।
बार्सिलोनाका लागि अर्टुरो भिडालले निर्णायक गोल गरे। खेलको १५ औँ मिनेटमा भिडालले गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो।
उनले लियोनल मेस्सीको पासलाई सदुपयोग गर्दै गोल गरेका हुन्।
भिडालको गोलका लागि पास दिएसँगै मेस्सीले एकै सिजनमा २० गोल र गोलका लागि २० पास गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाए।
जितसँगै बार्सिलोनाले लिग लिडर रियल मड्रिडसँगको अंक दुरी १ मा झारेको छ। बार्सिलोनाले ३६ खेलमा ७९ अंक जोडेको छ।
एक खेल कम खेलेको रियलको ८० अंक रहेको छ।
३९ अंक जोडेको भालाडोलिड १४ औँ स्थानमा रहेको छ।