काठमाडौँ । रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको उपाधिको नजिक पुगेको छ।
गएराति भएको खेलमा ग्रानाडालाई २–१ गोल अन्तरले पराजित गर्दै रियल मड्रिड उपाधि नजिक पुगेको हो। फ्रान्सेली डिफेन्डर फिरल्याण्ड मिन्डेले १० औँ मिनेटमा रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसको ६ मिनेटपछि करिम बेन्जिमाले गोल गर्दै रियललाई सुरुवातमै २–० ले अघि बढाएका थिए।
दोस्रो हाफको सुरुवातमा ग्रानाडाका डर्विन माचिसले एक गोल फर्काएका थिए।
अब रियल मड्रिडलाई यस सिजनको उपाधि जित्न मात्र एक जित आवश्यक छ। लिगमा अब मात्र दुई खेल खेल्न बाँकी छन्।
रियल मड्रिडले लिगमा स्पष्ट ४ अंकको अग्रता लिएको छ। दुई खेल मात्र बाँकी रहेको अवस्थामा रियल मड्रिडले बार्सिलोनासँग ४ अंकको अग्रता बनाएको हो। हेड टू हेडको आधारमा बार्सिलोना भन्दा रियल अगाडी छ।
शीर्ष स्थानको रियल मड्रिडले ३६ खेलबाट ८३ अंक जोडेको छ। ग्रानाडा ५४ अंक सहित छैटौँ स्थानमा रहेको छ ।