प्रिमियर लिग फुटबलमा लिभरपुललाई पराजित गर्दै आर्सनल विजयी

  • प्रकाशित मिति : २०७७ श्रावण १, बिहीबार
  • नेपाल टेल संवाददाता

एजेन्सी । प्रिमियर लिग फुटबलमा आर्सनललाई परािजत गर्दै लिभरपुल विजयी भएको छ। घरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले पराजित गरेको हो।

कीर्तिमानी अंकतर्फ अघि बढेको लिभरपुलको लक्ष्यलाई आर्सनलले यस सिजन पुरा हुन दिएन।



साडियो मानेले २० औँ मिनेटमा लिभरपुललाई अग्रता दिलाए। एन्ड्रे रोबर्टसनको क्रसममा मानेले एनफिल्ड क्लबलाई अघि बढाए। तर पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले खेलमा फर्किएको थियो ।

लिभरपुलको कमजोरीको फाईदा उठाउँदै आर्सनल खेलमा फर्किएको हो। लिभरपुलका भर्जिल भान डीजिकको ब्याक पासमा एलेक्जेन्डर लाकाजेटले ३२ औँ मिनेटमा बराबरी गोल फर्काए ।

गोलकिपर एलिसनको कमजोर प्रर्दशनको फाइदा उठाउँदै निल्सनले ४४ औँ मिनेटमा आर्सनललाई २-१ ले अघि बढाएका थिए ।

दोस्रो हाफमा लिभरपुलले आक्रमणलाई गति दिएपनि आर्सनलले राम्रो डिफेन्सको नमुना प्रर्दशन गरेको थियो ।

शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पुरा गर्ने लक्ष्य राखेको थियो ।