रोनाल्डोको कीर्तिमानी गोलमा लाजियोविरूद्ध युभेन्टसको जीत

  • प्रकाशित मिति : २०७७ श्रावण ६, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडौं। क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा सिरि ए फुटबलमा युभेन्ट्सले सहज जीत निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा युभेन्ट्सले लाजियोलाई २–१ गोल अन्तरले हराएको छ । युभेन्ट्सको जीतमा दुबै गोल रोनाल्डोले गरे ।



योसँगै रोनाल्डो सिरि ए, ला लिगा र प्रिमियर लिगमा ५० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका छन् । युभेन्ट्सलाई लगातार नवौं लिग उपाधि जीत्न मात्र ४ अंक आवश्यक देखिएको छ ।

रोनाल्डोले पेनाल्टीमार्फत युभेन्ट्सलाई अग्रता दिलाएका थिए । पाउलो ड्याबालाको पासमा रोनाल्डोले दोस्रो गोल गरेका थिए । सिरो ईम्मोबिलले पेनाल्टीमा गोल गर्दै लाजियोलाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहेन ।

रोनोल्डोको कीर्तिमान

रोनाल्डो सिरि ए मा ३० गोल पुरा गर्ने युभेन्ट्सका तेस्रो खेलाडी बनेका छन् । ईम्मोबिल भने ३० गोल पूरा गर्ने पाँचौ ईटालियन खेलाडी हुन् ।

रोनाल्डो सबै भन्दा छिटो ५० गोल पूरा गर्ने सिरि एको यस शताब्दीकै पहिलो खेलाडी हुन् । उनले ६१ खेलमा सो उपलब्धी हासिल गरेका हुन् ।