काठमाडौं । लगातार वर्षाका कारण देशैभर बाढीपहिरो तथा डुबानको खतरा बढिरहेको छ। कतिपय स्थानमा जनधनको क्षतिसमेत भइरहेको छ।
बाढी पूर्वानुमान महाशाखाले देशका विभिन्न नदी नालामा बाढीको खतरा रहेको भन्दै २४ घन्टे सूचना जारी गरेको छ ।
महाशाखाका अनुसार नारायणी र सहायक नदीमा बहाव खतरा माथि हुने र त्यसले नवलपरासीको सुस्तामा डुबानमा पर्ने जोखिम छ।
यस्तै कोसी नदीको सतह पनि खतरा नजिक पुग्ने सम्भावना छ भने कन्काई, कमला, बागमती, तिनाउ, पूर्वी राप्ती नदीको जलस्तर पनि सतर्कता चिह्न आसपास पुग्ने भएकाले तटीय क्षेत्रमा सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।