काठमाडौं । इटालियन फुटबल क्लब रोमालाई हराउँदै स्पेनिस क्लब सेभिल्ला युरोपा लिग फुटबलको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।
बिहिबार राति भएको अन्तिम १६ को खेलमा सेभिल्लाले रोमालाई २–० गोलले हरायो । स्पेनिस क्लब सेभिल्लाले रोमाविरुद्ध पहिलो हाफमै दुई गोल गरेको थियो ।
पहिलो हाफको लय कायम राख्दै पाँच पटकको च्याम्पियन सेभिल्लाले रोमाविरुद्ध जित निकाल्दै अन्तिम ८ मा आफुलाई सुरक्षित गरेको छ । खेलको २२ औं मिनेटमा पहिलो गोल गर्दै सर्जियो रेगुईलनले सेभिल्लालाई अग्रता दिलाएका थिए ।
रियल मड्रिडबाट लोनमा सेभिल्ला पुगेका सर्जियोको गोलसंगै टोलीले अग्रता लिएकोमा यूसुफ एन नेसरीले ४४ औं मिनेटमा दोस्रो गोल गर्दै जित सुनिश्चित गरेका थिए ।