सशस्त्र प्रहरी बलका १५८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । देशका विभिन्न ठाउँमा गरी सशस्त्र प्रहरी बलका १ सय ५८ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोना भाइरसको संक्रमण देखिनेमा सशस्त्र प्रहरी बलका नायव उपरीक्षक (डीएसपी) समेत छन् ।



संक्रमण देखिनेमा सबैभन्दा बढी इलामका छन् । इलामका १ सय ३४ जनामा कोरोना देखिएको सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता डीआईजी राजु अर्यालले जानकारी दिए ।

अन्य संक्रमितमा झापाका १८, बाराका ४, काठमाडौंका १ र महोत्तरीका १ जना छन् ।

संक्रमण देखिएकामध्ये ८८ जना सशस्त्र प्रहरी कर्मचारी भने संक्रमण मुक्त भइ डिस्चार्ज भइसकेका छन् ।