काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टीभित्रको आन्तरिक गतिरोधका विषयमा सम्पादकहरूसँग छलफल गर्ने भएका छन् ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले आज दिउँसो २ बजे सम्पादकहरूलाई काठमाडौंको मेरियट होटलमा छलफलका लागि डाकेका छन् ।
अध्यक्षसहितका ४ जना नेताको आग्रहमा भेटघाटको संयोजन नेकपा केन्द्रीय सदस्य विष्णु रिजाल र अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले गरेका छन् ।
पार्टीभित्रको आन्तरिक गतिरोध वढ्दै जाँदा नेताहरुले पत्रकारलाई बोलाएर परामर्श थालेका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सम्पादकहरुसँग छलफल गरेकी थिइन् ।