काठमाडौं। क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्नका लागि ट्रिनिडाड एन्ड टोबागोमा पुगेका नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेसहित अन्य खेलाडी, अफिसियल र प्रशासकको कोरोना भाइरसको पहिलो परीक्षणको नतिजा नेगेटिभ आएको छ।
सिपिएलका लागि ट्रिनिडाड एन्ड टोबागो पुगेलगत्तै खेलाडी, अफिसियल र प्रशासकको कोरोना भाइरसको परीक्षण गरिएको थियो। सिपिएलका अनुसार १६२ जनाको परीक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको छ।
अहिले ट्रिनिडाड एन्ड टोबागोमा पुगेका सन्दीपसहित सबै जना अफिसियल होटलमा क्वारेन्टिनमा बसेका छन्। क्वारेन्टिनमा बसेका सबैको नियमित परीक्षण गरिने सिपिएलले जनाएको छ। परीक्षणको क्रममा कसैको नतिजा पोजेटिभ आए होटलबाट अन्तै सारेर आइसोलेसनमा राखिनेछ।
सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टिनमा छन्।