कोरोनाका कारण नेपालमा ७० जनाको मृत्यु भएको पुष्टि

  • प्रकाशित मिति : २०७७ श्रावण २३, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा ७० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणका कारण ७० जनाको मृत्यु भएको पुष्टि गरे ।



पछिल्लो २४ घन्टामा थप ४ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

उनका अनुसार आज ७ हजार ९ सय २६ पीसीआर टेस्ट गरिएको छ भने संक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३ सय ३० रहेको उनले जानकरी दिए ।

पछिल्लो २४ घन्टामा ४ सय २५ डिस्चार्ज भएका छन् भने अहिलेसम्म १५ हजार ८ सय १४ जना कोरोना निको भएर घर गएका छन् । आज काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण देखिएको छ ।