म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा प्रवेश

  • प्रकाशित मिति : २०७७ श्रावण २७, मंगलवार
  • नेपाल टेल संवाददाता

काठमाडाैं । सोमबार राति भएको क्वाटरफाइनलमा एफसी कोपनहेगनलाई १–० ले पराजित गरी इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलियो।



९५ औँ मिनेटमा युनाइटेडले पेनाल्टी पायो । ब्रुनो फेर्नान्डेसले गोल गरे । म्यानचेस्टर युनाइटेड १–० को जितसहित सेमिफाइनलमा प्रवेश गर्न सफल भयो ।