काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही स्थानहरुमा पछिल्लो ६ घण्टादेखि लगातार वर्षा भइरहेको छ ।
खासगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा लगातार वर्षा भइरहेको महाशाखाले जानकारी दिएको छ ।
यस्तै, प्रदेश नम्बर १, बागमती प्रदेश र गण्डकी प्रदेशका पनि केही स्थानहरुमा वर्षा भइरहेको छ ।
आज दिनभर देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना देखिएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मनसुनी न्युन चापीय रेखा हाल पश्चिममा नेपाल नजिक दक्षिणतर्फ रहेको विभागले जानकारी दिएको छ ।
यस्तो छ आगामी ३ दिनको मौसम पूर्वानुमान–
साउन ३० गते (शुक्रबार)
दिउँसो : देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागतमी प्रदेश,गण्डकी प्रदेश ,प्रदेश नं ५ , र कर्णाली प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति : देशभर सामान्य वदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बागतमी प्रदेश , प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका का एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साउन ३१ गते (शनिबार)
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश ,प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । नं प्रदेश १, गण्डकी प्रदेश , प्रदेश नं ५ , कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका १-२ स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
साउन ३२ गते (आइतबार)
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ ,बागतमी प्रदेश र गण्डकी प्रदेश एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागतमी प्रदेश , गण्डकी प्रदेश र प्रदेश नं ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।