फेरि सुनको भाउ तोलामा ८ सय रुपैयाँले बढ्यो

  • प्रकाशित मिति : २०७७ श्रावण ३०, शुक्रबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । आज सुनको भाउ तोलामा ८ सय रुपैयाँ बढेर तोलाको ९८ हजार ६० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदी आज तोलामा ६० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको एक हजार ३ सय ५५ रुपैयाँ निर्धारण गरिएको महासङ्घले जनाएको छ ।