काठमाडौं । निवृत्तीभरण प्राप्त गर्न बैंकमा स्वयं उपस्थित हुनु नपर्ने भएको छ।
निवृत्तीभरण व्यवस्थापन कार्यालयले पेन्सन बुझ्न ६/६ महिनामा व्यक्ति स्वयंम बैंकमा उपस्थित हुनुपर्ने व्यवस्था रहेपनि हाल कोभिड-१९ का कारण उपस्थित हुन नपर्ने जनाएको छ।
कार्यालयले मंसिर महिनासम्म खातामा रक़म पठाउने प्रबन्ध गरेको हो।
कोरोना महामारीको अबस्थामा जनस्वास्थ्यको अवस्थालाई ख्याल गर्दै यस्तो निर्णय गरिएको छ।