इन्फ्रास्ट्रक्चर बैंकको आइपिओमा पर्‍यो अहिलेसम्मकै धेरै आवेदन, तपाईलाई कति पर्ला ?

  • प्रकाशित मिति : २०७७ माघ ७, बुधबार
  • nepaltale.com

काठमाडौं । इन्फ्रास्ट्रक्चर बैंकको प्राथमिक सेयर (आइपिओ)मा हालसम्मकै सबैभन्दा धेरै आवेदन परेको छ।

अहिलेसम्मकै सबैभन्दा धेरै साधारण सेयर (आईपीओ) निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा आवेदकको हातखाली जाने छैन । तर, आवेदकले रितपूर्वक आवेदन भने गरेको हुनुपर्छ ।

सिडिएससीका अनुसार आईपीओ निष्काशन गरेको अन्तिम समयसम्म माग भन्दा २.३९ गुणा बढी आवेदन दिएका छन् ।

कम्पनीले सर्वसाधारणको लागि ७ करोड ५८ लाख ४० हजार कित्ता निष्काशन गरेको थियो ।

उक्त आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका छन् । यो नै अहिलेसम्मकै सबैभन्दा धेरै परेको आवेदन हो ।

आवेदकले दिएको आवेदन हेर्दा कुनै पनि लगानीकर्ताको हातखाली हुने छैन ।

तथ्यांक हेर्दा सबै आवेदकले ५० कित्ता पाउने सम्भावना बलियो रहेको छ ।

आवेदन दिएका आवेदकमध्ये केहीको आवेदन रद्द भएको खण्डमा, कतिपय आवेदकले ३० कित्ता वा सो भन्दा कम आवेदन दिएको खण्डमा केही आवेदकलाई थप १० कित्ता सहित ६० कित्ता आवेदन पर्ने सम्भावना पनि देखिएको छ । ४० देखि ५० कित्तासम्म आवेदन पर्ने सम्भावना बलियो छ ।

लामो समयदेखि अधिकांश कम्पनीमा लगानीकर्ताहरुले १०/१० कित्ताको दरले आवेदन दिएका थिए ।

बैंकको आईपीओमा पनि कतिपय लगानीकर्ताले जति नै आवेदन दिएपनि पर्ने १० कित्ता नै हो भन्ने मनसायले १० कित्ता मात्रै आवेदन दिएको पनि देखिएको छ ।

यदि त्यस्तो भयो भने केही लगानीकर्ताले थप १० कित्ता सेयर पाउने सम्भावना बलियो देखिएको छ ।