बर्न्सनीलाई हराउँदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

  • प्रकाशित मिति : २०७७ माघ ३०, शुक्रबार
  • nepaltale.com

एजेन्सी। बर्न्सलीलाई हराउँदै चेल्सी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार राति भएको खेलमा बर्न्सलीलाई १-० ले हराउँदै चेल्सीले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो ।

बर्न्सलीको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन टामी अब्राहमले ६४औँ मिनेटमा निर्णायक गोल गरे ।

चेल्सीले क्वाटरफाइनलमा अब सेफिल्ड युनाईटेडसँग खेल्नेछ ।