नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक

  • प्रकाशित मिति : २०७८ बैशाख १६, बिहीबार
  • nepaltale.com

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट ‌टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पितृ शोक परेको छ।

पिता राम कृष्ण मल्लको आज बिहान भीमशेनस्थान स्थित निवासमा करिब नौ बजे दुखद निधन भएको हो।

आजै टेकु दोभानमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ। लामो समयदेखि दम रोगबाट पिडित भएपनि आज बिहान अकासमत् निधन भएको हो। स्वर्गीय राम कृष्ण मल्लको चार छोरा र दुई छोरी छन।

राष्ट्रिय क्रिकेट ‌टिमका कप्तान ज्ञानेन्द्रकै कप्तानीमा त्रिदेशिय टी ट्वान्टी आई श्रृङ्खला जितेको थियो।

एघार वर्षपछि नेपालले घरेलु मैदानमा उपाधि उचाल्दा कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्रको‌ पहिलो उपाधि थियो।