प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडको पुनरागमन जित

  • Published Date : 2021-05-10
  • nepaltale.com

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले एस्टन भिल्लालाई पराजित गरेको छ । गएराति भएको खेलमा युनाईटेडले १० खेलाडीमा सिमित एस्टन भिल्लामाथि पुनरागमन जित हात पारेको हो ।

युनाइटेडले भिल्लाविरूद्ध ३–१ गोलको जित निकाल्यो । युनाईटेडलाई जित दिलाउन ब्रुनो फर्नान्डेस, मासन ग्रीनउड र एडिन्सन काभानीले एक एक गोल गरे ।



खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले बेर्ट्रान्ड ट्राओरेको गोलबाट बनाएको थियो । जितसँगै युनाईटेडले ३४ खेलमा ७० अंक जोडेको छ । युनाईटेड दोस्रो स्थानमा यथावत रहेको छ । पराजित एस्टन ४८ अंकसहित ११औँ स्थानमा छ ।