नेपाली फुटबल टिम मैत्रीपूर्ण खेलका आज इराक जाँदै

  • प्रकाशित मिति : २०७८ जेष्ठ ११, मंगलवार
  • nepaltale.com

काठमाडौँ- मैत्रीपूर्ण फुटबल खेल्न नेपाली टोली आज इराक जाँदैछ ।

अखिल नेपाल फुटबल संघ एन्फाले २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली टिम आज राति इराक प्रस्थान गर्ने जनाएको छ ।

नेपाली टिम कतार एयरवेजबाट इराक जाने एन्फाले जनाएको छ । नेपाली टिम राति १० बजे इराक प्रस्थान गर्ने छन् ।

इराक जाने सबै नेपाली टोलीको कोरोना रिपोर्ट समेत नेगेटिभ आएको छ । नेपालले जेठ १५ ( मे २९) मा बसरा अन्तर्राष्ट्रिय मैदानमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

मैत्रीपूर्ण र विश्वकप छनोटका लागि कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले मंगलबार २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका थिए ।