चौतर्फी दबाब पछि प्रहरी गिरफ्तार परेकी नेबिसंघ नेतृ रिजाललाई रिहाइ गर्‍यो प्रहरीले

  • प्रकाशित मिति : २०७७ बैशाख १६, मंगलवार
  • nepaltale.com

नेपाल विद्यार्थी संघकी नेतृ रिता रिजाललाई प्रहरीले साईबर क्राइम मुद्धामा गिरफ्तार गरेको केहि घन्टापछी रीहाइ गरेको छ।

रिजाललाई बाराको सिमराबाट पक्राउ गरिएको हो। नेपाल प्रहरीको बिषयमा गरिएको टिप्पणीपछि उनलाई प्रहरीले नियन्त्रणङ्गा लिएको थियो। चौतर्फी दबाबपछि प्रहरीले रीजाललाइ रीहाइ गर्न बाध्य भएको बारा निबासी नेबि सघका निबर्तमान सहमहामन्त्री राजेश रौनियारले बताए ।

पूर्व आइजीपी सर्वेन्द्र खनाल त अपहरणकारी पो रहेछन भन्ने उनको फेसबुक स्टाटस पछि ग्रुप मेसेन्जरमा विभिन्न माध्यमबाट आएको प्रहरीको बारेको एक तस्विरलाई ग्रुपमा राखे वापत रिजाललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सांसद ‘अपहरण’ काण्डमा पूर्व प्रहरी प्रमुख खनाल संलग्न हुनु, उनी सहित ‘अपहरण’ मा संलग्न नेकपा नेताहरुको बिरुद्ध प्रहरीले उजुरी नलिएपछि प्रहरीको बारेमा सार्वजनिक रुपमा नकारात्मक टिप्पणी हुँदै आएक छ।

यस क्रममा केहिले प्रहरीको मूल नारा सत्य सेवा सुरक्षणंलाई व्यंग्यात्मक शैलीमा कमरेड सेवा सुरक्षणं बनाएर सामाजिक संजालमा राखेका थिए। सोहि तस्विरमा आपत्ती जनाउँदै प्रहरीले विद्यार्थी नेतृ रिजाललाई नियन्त्रणमा लिएको थियो।