नेपाल एसियन कप २०२३को तेस्रो चरणमा सिधा पुग्न सफल

  • प्रकाशित मिति : २०७८ असार २, बुधबार
  • nepaltale.com

काठमाडौं। एसियाली फुटबल महासंघ (एएफसी) ले नियम परिवर्तन गरेसँगै नेपाल एसियन कप २०२३ चीनको तेस्रो चरणमा सिधा पुग्न सफल भएको छ।

फिफा विश्वकप २०२२ कतार तथा एएफसी एसियन कप २०२३ चीनको संयुक्त छनोटको दोस्रो चरणको प्रतिस्पर्धा सकिएको भोलिपल्ट एएफसीले नयाँ नियम सार्वजनिक गरेको हो।

एएफसीले नयाँ नियमअनुसार दोस्रो चरणको छनोटमा समूहमा उत्कृष्ट चार भित्र पर्न नसकेका दोस्रो भएका तीन टिम, समूहमा तेस्रो र चौथो भएका १६ टिम र पाँचौ भएका उत्कृष्ट तीन टिम गरी २२ टिमलाई सिधा तेस्रो चरणमा प्रवेश दिने निर्णय गरेको हो।

एसियन कप आयोजना हुने एक वर्ष मात्र बाँकी रहेकाले एएफसीले नयाँ नियम बनाएको जनाएको छ।