ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा

  • Published Date : २०७८ असार १०, बिहीबार
  • nepaltale.com

काठमाडौँ। ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले बिहीबार युरो २०२० को नकआउट चरण यात्रा तय गरेका छन् ।

लिग चरणका अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेले ।



यस्तै जर्मनी र हंगेरीले पनि समान २–२ को बराबरी खेले । फ्रान्स पाँच अंकसहित समूहको शीर्ष स्थानमा रह्यो भने त्यसपछि जर्मनी र पोर्चुगलको चार/चार अंक रह्यो ।

युरोपेली च्याम्पियन पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे ।

विश्व च्याम्पियन फ्रान्सका तर्फबाट करिम बेन्जेमाले दुई गोल गरे । अर्को खेलमा जर्मनीका लागि काइ हार्भटेज र लियोन गोर्टेज्काले गोल गरे ।

हंगेरीका लागि गोल गर्ने खेलाडी एडम साबा र आन्द्रास सफेर रहे ।