एजेन्सी। फ्रान्सलाई हराउँदै स्विट्जरल्यान्ड जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार राति भएको प्रि-क्वाटरफाइनलमा फ्रान्सलाई ५-४ को गोल अन्तरले पराजित गर्दै स्विट्जरल्यान्ड अन्तिम आठमा पुगेको हो ।
खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा गएको थियो ।
पेनाल्टीमा स्विट्जरल्यान्डले २ गोल थप्दै ५-४ को अन्तरमा फ्रान्सलाई हराउन सफल भएको थियो ।