जर्मनी र इंग्ल्यान्डको महाभिडन्त, कस्ले मार्ला बाजी ?

  • Published Date : 2021-06-29
  • nepaltale.com

एजेन्सी। युरोपेली च्याम्पियनसिप २०२० को राउन्ड अफ १६ मा जर्मनीले इंग्ल्यान्डको सामना गर्दैछ । खेल नेपाली समयअनुसार रातको ९:४५ बजे लन्डनस्थित वेम्बली रंगशालामा हुनेछ ।

समूह चरणमा अपराजित रहेको इंग्ल्यान्ड ग्रुप अफ डेथ पार गरेको जर्मनीलाई हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न चाहन्छ । तर इतिहास इंग्ल्यान्डको पक्षमा छैन । इंग्ल्यान्डले १९६६ को विश्व्क्काओ फाइनलयता जर्मनीलाई ठूलो प्रतियोगितामा हराउन सकेको छैन । घरेलु मैदान वेम्बलीमा ४० हजार समर्थकको उपस्थिति हुने खबरले पनि इंग्ल्यान्ड थप हौसिएको छ ।



इंग्ल्यान्डले हालसम्म एक पटक मात्र युरोको नकआउट चरणको खेल जितेको छ । सन् १९६६ मा स्पेनलाई पेनाल्टीमा हराउनु नै इंग्ल्यान्डको यस प्रतियोगिताको एकमात्र नकआउट जित हो । उक्त प्रतियोगितामा इंग्ल्यान्ड जर्मनीसँग नै पेनाल्टीमा पराजित भएको थियो । पछिल्लो संस्करणमा इंग्ल्यान्ड राउन्ड अफ १६ मा आइसल्यान्डसँग पराजित हुँदै बाहिरिएको थियो ।

जर्मनीले इंग्ल्यान्डविरुद्ध वेम्बलीमा खेलेको पछिल्लो ७ खेलमध्य ५ खेल जितेको छ । प्रशिक्षक जोकिम लोका लागि हार बेहोरेमा यो नै अन्तिम खेल हुनेछ । यस प्रतियोगितापछि हान्सी फ्लिकले टोलीको प्रशिक्षकको जिम्मेवारी लिनेछन् । समूह चरणमा उतारचढावले भरिएको प्रदर्शन गरेको जर्मनी अब भने एकरुपता चाहन्छ ।

इंग्ल्यान्डले समूह चरणमा अपराजित रहने क्रममा कुनै गोल खाएन । प्रतियोगितामा हालसम्म गोल नखाने एकमात्र टोली इंग्ल्यान्ड हो । पहिलो खेलमा क्रोएसियालाई र अन्तिममा चेक रिपब्लिकलाई हराएको इंग्लिस टोली स्कटल्यान्डविरुद्ध भने गोलरहित बराबरीमा रोकिएको थियो ।

यता जर्मनी समूह चरणको अन्तिम खेलमा प्रतियोगिताबाट नै बाहिरिने संघारमा थियो । लिओन गोरेट्जकाले खेल सकेन ६ मिनेटअघि गरेको बराबरी गोलमा जर्मन टोलीले अन्तिम १६ को यात्रा तय गरेको थियो । समूह चरणको सबै खेल म्युनिखमा खेलेको बायर्न पहिलो पटक घरबाहिर खेल्दैछ ।

यस खेलमा जित हासिल गर्ने टोलीले क्वाटरफाइनलमा युक्रेन र स्वीडेनको विजेतासँग खेल्नेछ । त्यस्तै फाइनल यात्राका लागि सेमिफाइनलमा पनि चेक रिपब्लिक र डेनमार्कको विजेतासँग खेल्नुपर्ने छ । त्यसैले पनि यस खेलमा जित हासिल गर्ने टोलीका लागि फाइनल यात्रा केहि सहज हुने देखिन्छ ।