इटाली र बेल्जियमबीच भिडन्त आज, कस्ले मार्ला बाजी ?

  • प्रकाशित मिति : २०७८ असार १८, शुक्रबार
  • nepaltale.com

एजेन्सी। चीरपरिचित महारथी दुई फुटवल टोली इटाली र बेल्जियमबीच आज भिडन्त हुँदैछ । खेल समय मध्यराति १२ः४५ बजे हुनेछ । विजयी हुने टोली सेमिफाइनलमा जानेछन् भने पराजित टोली यूरोकपबाटै बिदा हुनुपर्नेछ । यी दुई टोली मुख्य प्रतियोगिताको नकआउट चरणमा भिड्न लागेको यो पहिलो पटक हो ।

साबिक विजेता पोर्चुगललाई अन्तिम १६ मा पन्छाएर बेल्जियम क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो । तर, उक्त जीत बेल्जियमका लागि महँगो साबित भएको थियो । स्टार खेलाडी केभिन डी ब्रुयना र इडेन हजार्ड चोटग्रस्त हुँदै मैदान छाड्न बाध्य बनेका छन् ।

डी ब्रुयना र हजार्डको अनुपस्थिति बेल्जियमका लागि समस्या हुन पक्का छ । डेनमार्कविरुद्ध दुई खेलाडीले शुरुआत नगर्दा पहिलो हाफमा बेल्जियम आक्रामक खेल प्रदर्शन गर्न सकेको थिएन । तर, प्रतियोगितामा चार जित र तीन क्लिन सिट राखेको बेल्जियम अर्को चरणमा पुग्नका लागि आत्मविश्वासी छ ।

यता, इटाली अपराजित रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो । समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेको पनि अन्तिम १६ मा भने इटालीले अष्ट्रियाको कडा चुनौतीको सामना गर्नुपरेको थियो ।

अतिरिक्त समयमा २-१ ले विजयी बन्दै टोली क्वाटरफाइनलमा प्रवेश गरेको हो ।  इटालीको अपराजित यात्रालाई बेल्जियमले आज कडा चुनौती दिने अपेक्षा छ ।

को-को खेल्दैछन् ?

बेल्जियम : कोर्टवा, एल्डरवियर्ल्ड, भर्मालिन, भेर्टोन्गेन, थोर्गान हजार्ड, विटसल, टेलीमान्स, मुनियर, एडिन हजार्ड÷मर्टेन्स, लुकाकु, कारास्को/डी ब्रयना ।
खेल्नेमा शंका: हजार्ड, डी ब्रयुना ।

इटाली : डोनारुम्मा, डी लोरेन्जो, बोनुची, चिलेनी, स्पिनाजोला, बारेला, जोर्गिन्हो, भेराटी, चिएसा, इमोबाइल, इन्सिग्ने ।