युरोकपको सेमिफाइनल समीकरण पूरा, अब कुन टिम कोसंग भिड्दै छन् ?

  • Published Date : 2021-07-04
  • nepaltale.com

काठमाडौं। युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ ।

क्वाटरफाइनल अन्तर्गत शनिबार राति युक्रेन र इंग्ल्यान्डबीचको खेलसँगै अन्तिम चारमा पुग्ने टोलीको टुंगो लागेको हो ।



उक्त खेलमा युक्रेनलाई ४-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड सेमिफाइनलमा पुग्ने अन्तिम टिम बनेको छ । यस संस्करणमा इंग्ल्यान्ड, इटाली, स्पेन र डेनमार्कले अन्तिम चारमा स्थान बनाएका छन् ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने सेमिफाइनलको खेल बुधबार र बिहीबार हुनेछ । पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । बुधवार राति १२ : ४५ बजे पहिलो खेल शुरू हुनेछ ।

दोस्रो सेमिफाइनलमा डेनमार्क र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल १२ : ४५ बजे नै शुरू हुनेछ ।