काडमाडौं । नेपाली पौडीबाज गौरिका सिंहले जापानको जापानको टोकियोमा आयोजना भइरहेको खेलमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।
गौरिकाले १०० मिटर फ्रि–स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएकी छन्।
बुधबार भएको महिला १०० मिटर फ्रि–स्टाइकलो पहिलो हिटमा तेस्रो बनेकी गौरिकाले निर्धारित दूरी १ मिनेट ०.११ सेकेन्डमामा पूरा गरिन्।
उनले २०१९ मा बनाएको आफ्नै कीर्तिमान सुधारेकी हुन्।
गौरिकाले सन् २०१९ मा दक्षिण कोरियामा भएको १८ औं फिना वल्र्ड च्याम्पियनसिपमा १ मिनेट ०.६२सेकेण्डको समय निकाल्दै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।
त्यसयता निरन्तर प्रशिक्षणमा रहेकी उनले युनिभार्सालिटि प्लेसेसको आधारमा लगातार दोस्रोपटक प्रतिस्पर्धा गर्ने अवसर पाएकी हुन्।
१८ वर्षीया गौरिकाको गृष्मकालीन ओलम्पिकमा यो दोस्रो सहभागिता हो। यसअघि उनले रियो ओलम्पिक २०१६ मा प्रतिस्पर्धा गरेकी थिइन्।
उनले ब्राजिली भूमिमा ५ वर्षअघि ११ हजार बढी खेलाडीमध्ये सबभन्दा कम उमेरकी खेलाडी भएर विश्वमै चर्चा पाएकी थिइन्।