मोटरसाइकलको बागमतीमा तिर्नुपर्छ धेरै कर, कर्णालीमा सबैभन्दा कम (सबै प्रदेशको विवरण)

  • प्रकाशित मिति : २०७८ श्रावण १८, सोमबार
  • nepaltale.com

काठमाडौं। प्रदेश सरकारले हरेक वर्ष सवारी साधनमा लगाउँदै आएको वार्षिक कर बढाउन थालेका छन् । विशेषत साना र माझौला किसिमका मोटरसाइकल तथा स्कुटरमा कर बढ्दै आएको हो ।

साउन १ गतेबाट लागु हुनेगरी प्रदेश सरकारहरुले सवारी साधनमा कर लगाएका हुन् । नयाँ आर्थिक वर्षदेखि प्रदेश आर्थिक ऐन २०७८÷७९ लागु गरेसँगै मोटरसाइकल तथा स्कुटर राख्ने मानिसले थप कर तिर्नु पर्ने भएको हो । कर्णाली र सुदुरपश्चिम प्रदेश सरकारले असार १ गते नै आर्थिक ऐन जारी गरेका थिए भने अन्य प्रदेशले असार ३१ गते सार्वजनिक गरेका हुन् ।

नयाँ करको दर अनुसार कर्णाली प्रदेशमा सबैभन्दा कम कर लगाइएको छ । त्यसपछि प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेश कम कर लाग्नेमा पर्छन् ।

यसअघि तुलनात्मकरुपमा कम कर लगाइएको प्रदेश २ मा यसपटक बागमती प्रदेशकै सिको गर्दै केही कर बढाइएको छ । तर, बागमती प्रदेश सरकारले भने अन्धाधुन्दा कर वृद्धि गरेको छ ।

सीसीका आधारमा सबै प्रदेश सरकारले लगाएको करका दर