पत्रकार सम्मेलनमा रूँदै मेस्सिले के – के भने ?

  • प्रकाशित मिति : २०७८ श्रावण २४, आईतवार
  • nepaltale.com

काठमाडौं। बार्सिलोनाबाट बिदा हुने निश्चित भएका क्लबका पूर्वकप्तान लियोनेल मेस्सी आफैँले बोलाएको पत्रकार सम्मेलन शुरू हुनुअघि नै भावुक बनेका छन् ।

पत्रकार सम्मेलनको आयोजना गरेका मेस्सी पोडियममा आइपुग्दै भावविह्वल बनेर रूँदै गरेका देखिए । उनी रोएको देखेर हलमा रहेका पत्रकार र समर्थकको आँखाभरि आँशु देखिएको छ । मेस्सी आफ्ना कुरा राख्दा आँशु रोक्ने प्रयासमा थिए ।

‘हामी यहीँ बस्ने छौँ भन्नेमा ढुक्क थियौँ । म, मेरो परिवारलाई बार्सिलोनामा रहनेछौँ,’ उनले भने, तर अब सबैलाई गुडबाई गर्नुपर्ने भएको छ । ‘सत्य यो हो कि म छाडेर जाँदैछु,’ मेस्सीले भने, ‘यसरी बिदा हुनुपर्छ भनेर मैले सोचैकै थिइनँ ।’

२१ वर्ष क्लबमा रहँदा आफूले धेरै कुरा पाएको बताउँदै उनले आफ्ना सबै समकक्षीहरुलाई धन्यवाद दिए ।