अमेरिकाविरुद्ध कुशल भुर्तेलको अर्धशतक

  • प्रकाशित मिति : २०७८ भाद्र २८, सोमबार
  • nepaltale.com

काठमाडौं। आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ‌ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

ओमानमा जारी खेलमा कुशलले ६७ बलमा अर्धशतक पूरा गर्ने क्रममा २ चौका र १ छक्का प्रहार गरेका छन्।

नेपाल अहिले अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ।