नेपाली फुटबल टिमले माल्दिभ्समै यसरी मनायो दसैँ

  • Published Date : २०७८ आश्विन २९, शुक्रबार
  • nepaltale.com

काठमाडौं। साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्समा रहेको नेपाली फुटबल टिमले दसैँ मनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुदाइरीसहित नेपाली टिमका सबै सदस्यले टीका, जमरा लगाएर दसैँ मनाएका हुन् ।

नेपाली फुटबल दसैँ मनाएको तस्बिरहरू एन्फाले सार्वजनिक गरेको छ ।



साफ च्याम्पियनसिपमा नेपाल फाइनल प्रवेश गरिसकेको छ । फाइनलमा नेपालले भोलि राति ८ः४५ बजे भारतको सामना गर्दैछ ।

तस्बिर-एन्फा