भारतबाट नेपाल आएको खाली ट्रक चेकजाँच गर्दा…करोड बढी भारतीय रुपैयाँ

  • प्रकाशित मिति : २०७७ बैशाख २३, मंगलवार
  • nepaltale.com

लकडाउनका बेला भारतबाट आएको खाली ट्रकमा स्रोत नखुलेको एक करोड बढी भारतीय रुपैयाँ फेला परेको छ।

सशस्त्र प्रहरीले मोरङको रानी नाकामा चेकजाँच गर्दा डब्लू बि ७३ इ ७६७५ नम्वरको ट्रकमा पाँच सय दरका १ करोड ९ लाख ७९ हजार रुपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। प्रहरीका अनुसार शंका लागेर चेक गर्दा भारतीय नोट फेला परेको हो।

उक्त ट्रक अत्यआवश्यक सामाग्री लिन भन्दै नेपाल प्रवेश गरेको अनुसन्धानमा देखिएको छ। प्रहरीले यस बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ।