पत्रकार किशोर श्रेष्ठलाई चार दिन थुनामा राख्न आदेश

  • प्रकाशित मिति : २०८३ भाद्र १, सोमबार
  • नेपाल टेल संवाददाता

अदालतले पत्रकार किशोर श्रेष्ठलाई थप चार दिन थुनमा राख्न आदेश देशको छ ।

प्रहरीको माग बमोजिम श्रेष्ठलाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।



अदालतले श्रेष्ठमाथि अनुसन्धान गर्न दोस्रोपटक म्याद थप गरेको हो । गत बुधबार राति पक्राउ परेका श्रेष्ठलाई अदालतले सुरुमा तीन दिन थुनामा राख्न आदेश दिएको थियो ।