फिफा वरीयतामा नेपाल यथावत

  • प्रकाशित मिति : २०७९ भाद्र ९, बिहीबार
  • नेपाल टेल

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको नयाँ वरीयतामा नेपाल यथावत रहन सफल भएको छ ।

फिफाले आज (बिहीबार) सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १ सय ७६ औं स्थानमा यथावत रहेको छ ।

नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयताको तेश्रो स्थानमा रहेको छ ।

नेपाल भन्दा अघि भारत भारत १ सय ४ तथा माल्दिभ्स १ सय ५६ औं रहेको छ ।

नेपाल भन्दा तल भुटान १ सय ८६ औं, बंगलादेश १ सय ९२ औं, पाकिस्तान १ सय ९६औं र श्रीलंका २ सय ७औं स्थानमा रहेको छ ।

नयाँ वरीयतामा ब्राजिल शीर्ष स्थानमा रहँदा बेल्जियम दोस्रो, तेस्रोमा अर्जेन्टिना, चौथोमा फ्रान्स तथा पाँचौंमा स्थानमा इङ्गल्याण्ड रहेको छ ।

स्पेन छैटौं, इटाली सातौं, नेदरल्याण्ड्स आठौं, पोर्चुगल नवौं र डेनमार्क दशौं स्थानमा रहेको छ ।