काठमाडौं । गायक कमल खत्री र गायिका मेलिना मैनालीबीच बिहे हुने भएको छ।
उनीहरुले आज टिकाटालो गरेका छन्। आइतबार सामाजिक सञ्जालमार्फत तस्वीर सार्वजनिक गर्दै उनीहरुले आफूहरुबीच इन्गेजमेन्ट भएको जानकारी गराएका छन्।
फेसबुकमा उनीहरुले लेखेका छन्, ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनको सुखद् पक्ष हो। चाहना यति छ कि साथ तिम्रो होस् र जीवन कहिले खतम नहोस्। जीवनको उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रीतिरिवाज अनुसार इन्गेजमेन्ट गरेका छौं।