सुर्यको चमक ५ गुणा सम्म घटेको वैज्ञानिकहरुको दाबी

  • प्रकाशित मिति : २०७७ बैशाख २५, बिहीबार
  • nepaltale.com

एजेन्सी । वैज्ञानिकहरूले पृथ्वीलाई सबैभन्दा बढी ऊर्जा दिने सूर्यको चमक घटेको बताएका छन्। पछिल्लो समय सुर्यको चमक ५ गुणा सम्म घटेको वैज्ञानिकहरुले बताएका छन्।

आकाशगंगामा रहेका अन्य ताराहरूको तुलनामा सुर्यको प्रकाश कमजोर भएको छ। वैज्ञानिकहरू प्रकाश किन घट्यो भन्नेबारे अनुसन्धानमा जुटेका छन्।

जर्मनीको म्याक्स प्ल्याक इन्स्टिच्यूटका अन्तरीक्ष वैज्ञानिकहरुले सूर्यको प्रकाश कम हुँदै गइरहेको दाबी गरेका हुन।

पछिल्लो ९ हजार वर्षदेखि यसको चमक पाँच गुणाले कमी आएको उनीहरुको दाबी छ।

म्याक्स प्लान्क संस्थानका वैज्ञानिकहरूले अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट डाटा अध्ययन गरेर यो कुरा खुलाएका छन्।

म्याक्स प्लान्क संस्थानका वैज्ञानिक डा. अलेक्ज्याण्डर शापिरोले सुर्यलाई अन्य २५ सय ताराहरूसँग तुलना गरेर आफूहरु यस्तो निष्कर्षमा पुगेको बताएका छन्।