आज (मंगलबार) थप १७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताए।
नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ। नयाँ संक्रमित कुन जिल्लाका हुन र उनीहरुको उमर समूह के हो भन्नेबारेमा थप विववरण केही समयपछि दिनेछौं ।
आज यसअघि ५७ जनामा पुष्टि भएको थियो।