नक्कली शैक्षिक प्रमाण पत्र प्रकरण: डाक्टरपछि अब बैंकरको पनि छानबिन

  • प्रकाशित मिति : २०८० श्रावण २९, सोमबार
  • nepaltale.com

काठमाडौं। नक्कली शैक्षिक प्रमाण पत्र प्रयोग गरेको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । छानबिनका लागि भन्दै सिटिजन्स बैंकका केही कर्मचारीलाई पक्राउ गरिएको हो ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मनिष मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम तथा दीपक विष्ट रहेका छन् । उनीहरु सिटिजन्स बैंकअन्तर्गत विभिन्न शाखाहरुमा कार्यरत रहेको काठमाडौं प्रहरी परिसरले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले अहिले पनि नक्कली शैक्षिक प्रमाण पत्र अपरेसन चलिरहेको बताएको छ ।