खेलाडीको हौसला बढाउन बालेन शाह श्रीलंका जाँदै

  • प्रकाशित मिति : २०८० भाद्र १७, आईतवार
  • नेपाल टेल

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह एसिया कप हेर्न श्रीलंका जाँदै छन् ।

उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलंका जान लागेका हुन् ।

एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलंका जान लागेका हुन् ।

समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।