मन्त्रालयले ३ घण्टामै परिवर्तन गर्‍यो नेपालमा कोरोना संक्रमितको तथ्यांक

  • प्रकाशित मिति : २०७७ जेष्ठ १, बिहीबार
  • nepaltale.com

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले करिब ३ घण्टापछि कोरोना संक्रमितको तथ्यांक परिवर्तन गरेको छ। बिहीबार बिहान पहिलो पटक मन्त्रालयले २ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गर्दै विज्ञप्ति निकालेको थियो।

त्यसपछि फेरि अर्को विज्ञप्ति निकाल्दै ५ जनामा कोरोना संक्रमित पुष्टि भएको उल्लेख गर्दै नेपालमा कोरोना संक्रमितको संख्या २५० पुगेको बताएको थियो। त्यसको करिब ३ घण्टा पछि मन्त्रालयले अर्को विज्ञप्ति निकालेर ५ जना कोरोना संक्रमित नथपिएको र नेपालमा संक्रमितको संख्या २४५ रहेको उल्लेख गरेको छ।

मन्त्रालयले पछिल्लो अध्यावधिकका क्रममा प्राविधिक कारणले पहिलै पुष्टि भएका ५ जनालाई नयाँ संक्रमित भनेर पुनः रिर्पोट गरिएको उल्लेख गरिएको छ।