नेपालमा थप ६ जनामा कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमणको संख्या २७३ पुगेको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बर्दियाको नार्खु-११ निवासी २८ वर्षीय महिला, सिरहाको सखुवा–१९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगन्ज निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर–४ निवासी १८ वर्षीया महिला र चितवनको गढौली-१ निवासी २५ वर्षीय महिलामा कोरोना पुष्टि भएको हो।