एक वर्षमा ४ हजार ३४ प्रहरी कर्मचारीको बढुवा, ३० हजार ६ सय ६२ प्रहरीको सरुवा

  • प्रकाशित मिति : २०८० चैत्र १५, बिहीबार
  • नेपाल टेल संवाददाता

पछिल्लो एक वर्षमा ४ हजार ३४ प्रहरी कर्मचारीको बढुवा गरिएको छ ।

त्यस्तै, नियम विपरीत काजमा खटिएका ८ सय ७७ प्रहरी कर्मचारीलाई दरबन्दीमा फिर्ता गरिएको छ ।



एक वर्षको अवधिमा ३० हजार ६ सय ६२ प्रहरीको सरुवा गरिएको छ ।

२०७९ चैत १० देखि २०८० फागुन ३० सम्मको अवधिमा नियम विपरीत काजमा खटिएका ८ सय ७७ जनालाई दरबन्दीमा फिर्ता गरिएको हो ।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर भएपछि अनावश्यक काजलाई रोक्न भन्दै नियम विपरीत काजमा बसेको पाइएमा दरबन्दीमा फिर्ता गर्न सबै प्रहरी कार्यालयलाई परिपत्र गरिएको थियो ।

उक्त समयदेखि अहिलेसम्म नियम विपरीत काजमा खटिएका प्रहरी कर्मचारीको काज रद्द गरी दरबन्दीमै फिर्ता गरिएको हो ।