एमाले विधान महाधिवेशनको तयारी पूरा, सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने

  • प्रकाशित मिति : २०८२ भाद्र १८, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनको लागि सम्पूर्ण तयारी पूरा भएको छ । नेकपाको दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ। महाधिवेशनको तयारी धमाधम भइरहेको र करिब पूरा भएको पार्टीले जनाएको छ।

‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नाराका साथ हुने उक्त महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधि सहित २ हजार ३४९ जना सहभागी हुनेछन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले विधान अधिवेशनमा सहभागी हुने प्रतिनिधिबाट शुल्क नउठाउने बताएका छन्।



महासचिव पोखरेलले विधान महाधिवेशन राजनीतिक, विधान संशोधन, सांगठनिक प्रस्ताव र विभागले प्रतिवेदन पेश गर्ने जानकारी गराएका छन्। केन्द्रिय कमिटीका दुई जना उपाध्यक्षको फरक मत आएको उनले बताएका छन्।

उनले फरक मतलाई सम्बन्धित अधिवेशनमा छलफल गरिने वैधानिक व्यवस्था रहेकाले निर्णयमाथि मात्र हाल असहमति रहेको बुझाइ रहेको बताए।