म्यान्चेस्टर । म्यान्चेस्टर शहरको क्रम्पसल क्षेत्रमा रहेको एक सिनागोग बाहिर बुधबार भएको एक घटनामा कम्तीमा चार जना घाइते भएका छन्। एक व्यक्तिले सर्वसाधारणतर्फ कार चलाएपछि छुरा प्रहार भएको थियो ।
त्यसपछि सशस्त्र प्रहरीले आक्रमणकारी ठानिएको पुरुषलाई गोली हानेर नियंत्रित गरेको ग्रेटर म्यान्चेस्टर प्रहरीले जनाएको छ।
प्रत्यक्षदर्शी एक डेलिभरी ड्राइभरले बीबीसी रेडियो म्यान्चेस्टरसँग भने, “पहिले कार ठोक्किएको जस्तो लाग्यो। नजिकिएपछि एउटा मान्छे रगत बगाएर ढलेको देखें। अर्को मान्छे हातमा छुरा लिएर सिनागोग भित्र छिर्ने प्रयास गरिरहेको थियो।
केही क्षणमै प्रहरी आएर चेतावनी दिए, अन्तत: नटेरेपछि गोली चलाए।” उनका अनुसार ढलेको पुरुष फेरि उठ्न खोज्दा प्रहरीले दोहोर्याएर गोली चलाएको थियो।
घटना यहूदी पात्रोको सबैभन्दा पवित्र दिन योम किप्पुर का दिन, ठूलो यहूदी समुदाय बसोबास गर्ने क्षेत्रमा भएको हो। प्रहरीका अनुसार कारबाट गराइएको घटनापछि कम्तीमा चार जना घाइते छन्, एक पुरुषलाई छुरा प्रहार भएको पुष्टि भएको छ।
घटनामा संलग्न ठानिएको ६० वर्षे पुरुषलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको र थप अनुसन्धान जारी रहेको बताइएको छ।