दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने गृहमन्त्री गुरुङको निर्णय

  • प्रकाशित मिति : २०८३ जेष्ठ २६, मंगलवार
  • नेपाल टेल संवाददाता

नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले २०५८ सालको दरबार हत्याकाण्डको फाइल पुनः खोल्ने निर्णय गरेका छन्।

मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै मन्त्री गुरुङले दरबार हत्याकाण्ड सम्बन्धी फाइल पुनः खोल्ने निर्णय गर्दै घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइने बताएका हुन्।



उनले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अझ सशक्त र प्रभावकारी बनाइने उल्लेख गर्दै लामो समयदेखि अनुसन्धानका क्रममा रहेका मुद्दाहरूलाई निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

मन्त्री गुरुङले विभिन्न कारणले रोकिएका वा अधुरा रहेका अनुसन्धान फाइलहरू क्रमशः खोल्दै सत्यतथ्य बाहिर ल्याउने र कानुनी प्रक्रिया टुंगोमा पुर्‍याउने नीति अपनाइने बताए।

उनको यो निर्णयसँगै दरबार हत्याकाण्डको विषय पुनः राजनीतिक तथा सार्वजनिक बहसको केन्द्रमा आउने अपेक्षा गरिएको छ।