पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमिण फेला

  • प्रकाशित मिति : २०७७ जेष्ठ ५, सोमबार
  • नेपाल टेल संवाददाता

भारतमा केही दिनयता कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै बढी कोरोना संक्रमिण फेला परेका छन्।

भारतमा पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ५० जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ५४ जनाको मृत्यु भएको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २५ पुगेको छ भने ९५ हजार ६ सय ९८ जना संक्रमित बनेका छन्।



जसमध्ये ३६ हजार ७ सय ९५ जनाको उपचार सफल भएको छ भने ५५ हजार ८ सय ७८ जनाको उपचार भइरहेको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१३ देशमा फैलिएको छ। कोरोना संक्रमणबाट विश्वभर ३ लाख १६ हजार ६ सय ७१ जनाको मृत्यु भएको छ भने ४८ लाख १ हजार ८ सय ७५ जना संक्रमित भएका छन्।